२०८२ जेठ ११ गते
काठमाडौँ । नेपालको बीमा व्यवसाय गर्ने बीमकको लगानीमा क्रमशः वृद्धि हुँदै गइरहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा जीवन तथा निर्जीवन बीमाको लगानी १० दशमलव ८२ प्रतिशतले बृद्धि भई ८ खर्ब ५९ करोड पुगेको छ ।
हाल नेपालमा १४ वटा जीवन बीमा कम्पनी १४ वटा निर्जीवन कम्पनी, २ वटा पुनर्बीमा कम्पनी र ७ वटा लघुबीमा कम्पनी गरी कुल ३७ वटा बीमा कम्पनीहरु सञ्चालनमा छन् । बीमा साक्षरताको पहुँचमा आएको वृद्धिसँगै जीवन बीमा,निर्जीवन बीमा तथा पुनर्बीमाको व्यवसायमा वृद्धि भएको छ । फलतः यी कम्पनीहरुको लगानीमा पनि वृद्धि भएको छ ।
गत आर्थिक वर्षको चैत्र मसान्तसम्म जीवन बीमाको कुल लगानी ६ खर्ब ३७ अर्ब ३७ करोड रहेकामा यस आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ७ खर्ब ५० करोड रहेको छ । त्यस्तै निर्जीवन बीमा तर्फ गत आर्थिक वर्षको चैत्र मसान्त सम्ममा कुल लगानी ६३ अर्ब ७४ करोड रहेकामा यस आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ११ दशमलव १८ प्रतिशतले लगानी वृद्धि भई ७० अर्ब ८६ करोड लगानी गरेको छ । त्यसैगरी पुनर्बीमाको लगानी गत साल चैत्र मसान्तसम्ममा ३५ अर्ब ७४ करोड रहेकामा यो आर्थिक वर्षको चैत्र मसान्तसम्ममा १३ दशमलव ७० प्रतिशतले वृद्धि भई ४० अर्ब ६३ करोड रहेको छ ।
प्रतिक्रिया