हृदयघातका कारण यूनाइटेड अजोड इन्स्योरेन्सका सीईओ श्रवण रावलको निधन

२०८१ कात्तिक ०८ गते

हृदयघातका कारण यूनाइटेड अजोड इन्स्योरेन्सका सीईओ श्रवण रावलको निधन

काठमाडौं । हृदयघातका कारण यूनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलको निधन भएको छ । बुधबार दिनभर कार्यालयको जिम्मेवारी समालेका रावल साँझ सोल्टी होटलमा आयोजित एक कार्यक्रममा सहभागी भएर घर फर्केका थिए ।

अचानक विरामी परेपछि परिवारले उनलाई नागरिक अस्पताल लगेका थिए । अस्पतालले लगत्तै उनको निधन भएको जानकारी गराएको थियो ।६० वर्षिया रावलको श्रीमती, एक छोरा र एक छोरी छन् । छोरा अस्ट्रेलियामा रहेको र उनी फर्किएपछि मात्र अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।

Advertisement:

Ad
Ad

रावल डेढ वर्षदेखि यूनाइटेड इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए । त्यसअघि उनी प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत थिए । नेको, सगरमाथा लगायत बीमा कम्पनीहरुमा उनले करिव ३ दशक काम गरेका थिए ।