हिमालयन लाइफ इन्सुरेन्सले आफ्ना सेयरधनीलाई नगद लाभांश दिने

२०८२ जेठ १४ गते

हिमालयन लाइफ इन्सुरेन्सले आफ्ना सेयरधनीलाई नगद लाभांश दिने

काठमाडौ । हिमालयन लाइफ इन्सुरेन्सले आफ्ना सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लगानीकर्तालाई  नगद लाभांश वितरण गर्ने भएको हो  ।

कम्पनीको आज बुधबार (जेठ १४ गते) बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

Advertisement:

Ad
Ad

हिमालयन लाइफले हाल कायम चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँको ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

हिमालयन लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको २०८०/८१तेस्रो त्रैमासमा ४७ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ८.४९ प्रतिशतले बढी हो