लाभांश प्रस्ताव पारित गर्न हिमालयन लाइफ इन्सुरेन्सले बोलायो साधारणसभा

२०८२ जेठ २० गते

लाभांश प्रस्ताव पारित गर्न हिमालयन लाइफ इन्सुरेन्सले बोलायो साधारणसभा

काठमाडौ । हिमालयन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले  लाभांश प्रस्ताव पारितका लागि बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले असार १० गते गते वार्षिक साधारण सभा बोलाएको हो  । सभामा कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साधारणसभा आम्रपाली बैंक्वेट, भाटभटेनी नक्सालमा बिहान १०ः३० बजे शुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले जेठ २८ गते बुक क्लोज गर्नेछ ।

Advertisement:

Ad
Ad

सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।