हिमालयन बैंकका सेयरधनीको यसपटक पनि हात खाली

२०८२ पुस ०८ गते

हिमालयन बैंकका सेयरधनीको यसपटक पनि हात खाली

काठमाडौं । हिमालयन बैंकका सेयर धनीको यसपटक पनि हात खाली हुने भएको छ  ।  बैंकको पुस ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ  ।

यस बैंकले लगातार सेयरधनीलाई निराश बनाउँदै आएको छ । बैंकले  पछिल्लो ३ बर्षदेखि सेयरधनीलाई लाभांश दिएको छैन ।

Advertisement:

Ad
Ad

त्यसअघि आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट सयरधनीलाई ११.११ प्रतिशत नगद लाभांश दिएको थियो । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकको नाफा ३.२४ प्रतिशतले घटेर ७० करोड २८ लाख ९४ हजार रुपैयाँमा झरेको छ । असोज मसान्तसम्म बैंकको खराब कर्जा ७.३९ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा ४.९८ प्रतिशत रहेको थियो ।