गलत गर्ने कम्पनीलाई कारवाही गरेर नतिजा देखाउँछु : बीमा प्राधिकरण अध्यक्ष दाहाल

२०८१ पुस १८ गते

गलत गर्ने कम्पनीलाई कारवाही गरेर नतिजा देखाउँछु :  बीमा प्राधिकरण अध्यक्ष दाहाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले आफ्नो कार्यकालमा गलत गर्ने कम्पनीलाई कारवाही गरेर नतिजा देखाउने प्रतिबद्दता जनाएका छन् । बुधबार नेपाल बीमा प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

साथै अध्यक्ष दाहालले आफ्नो कार्यकालमा बीमा प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक नियुक्त हुने समेत बताएका छन् । साथै, उनले आउँदो दिनमा नेपाल राष्ट्र बैंकको जसरी अभिभावकत्व निर्वाह गर्न र बीमा क्षेत्र नियमनमा अग्रसर रहेको बताए ।

Advertisement:

Ad
Ad

न्याय ढिलो पाउनु नै न्याय नपाउनु हो भन्दै उनले भने, ‘आम बीमितहरुलाई सक्दो चाँडो दावी भुक्तानी दिनको लागी बीमा प्राधिकरण पहल गरिरहेको छ । यदि कुनै पनि जीवन बीमा कम्पनीहरुले आवश्यक कागजात उपलब्ध भएर समेत दावी भुक्तानी ढिलाई गरेको अवस्थामा हामी कारबाही गर्नेछौ।’