२०८२ पुस १४ गते
काठमाडौ । बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलका संयोजक डा. रेवत बहादुर कार्कीले नेपाल राष्ट्र बैंक बैंक तथा वित्तिय संस्थाको नियामक निकाय भएकाले राम्रो नियमन गर्नुपर्ने बताएका छन् । उनले केन्द्रिय बैंकको काम राम्रो नियमन गर्ने भएपनि उसले एउटा बैंकले गर्ने त्रुटिमा पनि सबै बैंकलाई भागीदार बनाउँने गरेको आरोप लगाए ।
उनले भने, 'केन्द्रिय बैंकले नियमन राम्रो गर्ने हो, बैंकर्सलाई सपथ गराउँदै हिड्ने होइन ।' यस्तै कार्कीले बैंकहरुको सीईओको तलब समेत केन्द्रिय बैंकले नतोकि विभिन्न परिसुचक राखेर एडजस्टमेन्ट गर्नुपर्ने बताए । उनले भने, 'बैंकहरुको सिइओको तलब तोकिनु हुदैन । उनीहरुलाई विभिन्न परिसुचक अनुभव, योग्यता, उसले बैंकलाई गरेको योगदान जस्ता विषयलाई आधार बनाएर एडजस्ट गर्ने हो । यो भन्दा राष्ट्र बैंकको विरोध गरेको जस्तो सुनिएला तर सुधार होस भनेर सुझाएको हो ।'
बैंकिङ क्षेत्र सुधार सुझाव प्रतिवेदन बढी यथार्थवादी भएको पनि संयोजक कार्कीको दाबी छ । साथै उनले बैंकिङ क्षेत्र सुर्धानका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव सहितको प्रतिवेदन बनाउँदा आफुहरुले कुनै शुल्क नलिएको दाबी गरेका छन् । उनले २/३ वटा बैठकको भत्ता लिएको र अन्य कुनै शुल्क नलिएको दाबी गरे । बैंकिङ क्षेत्रमा बढेको चुनौती र गर्नुपर्ने कामका विषयमा भएको अन्र्तक्रिया कार्यक्रममा बोल्दै डा. कार्कीले सो प्रतिवेदन बनाउँदा शुुल्क नलिएको बताए । उनले भने कुनै शुल्क लिएको छैन । २/३ वटा बैठकको भत्तामात्र लिएको हो ।
साथै उनले उक्त प्रतिवेदन यथार्थमा आधारित भएको बताए ।
प्रतिक्रिया