विकास बैंकहरूको नाफामा वृद्धि, वित्तीय स्थायित्वमा सुधारको संकेत

२०८२ असार ०४ गते

विकास बैंकहरूको नाफामा वृद्धि, वित्तीय स्थायित्वमा सुधारको संकेत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले विकास बैंकहरूको वित्तीय स्थायित्व र सञ्चालनमा सुधारको संकेत दिएको छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामा राष्ट्रियस्तरका विकास बैंकहरूले ३ अर्ब ५९ करोड ११ लाख रुपैयाँ नाफा कमाएका छन्।

राष्ट्र बैंकका अनुसार राष्ट्रियस्तरका १६ वटा विकास बैंकहहरु मध्ये सबैभन्दा बढी नाफा कमाउनेमा मुक्तिानाथ विकास बैंक रहेको छ भने त्यसपछि क्रमशः गरिमा , साइन रेसुङगा, कामना, साँग्रिला लगायतका विकास बैंक रहेको छ ।

Advertisement:

Ad
Ad

सबैभन्दा बढी नाफा कमाउन सफल भएको मुक्तिनाथ विकास बैंकले ८७ करोड ६८ लाख रुपैयाँ नाफा गर्दै नेतृत्व कायम राखेको छ। त्यसपछि गरिमा विकास बैंक ९८६ करोड ९३ लाख०, साइन रेसुङगा ९६१ करोड ५४ लाख०, कामना सेवा ९५७ करोड ७५ लाख० र साँग्रिला ९४९ करोड ८७ लाख० बैंक रहेका छन्।

 

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा १० वटा विकास बैंकको नाफा बढ्दा २ वटा विकास बैंकको घटेको छ भने ४ वटा विकास बैंक भने नोक्सानी रहेको छ ।