ब्याजदर घटेको-घट्यै,  असारमा पनि घट्यो

२०८२ असार ०१ गते

ब्याजदर घटेको-घट्यै,  असारमा पनि घट्यो

काठमाडौं । ब्याजदर निरन्तर घट्नेक्रमले असारमा पनि निरन्तरता पाएको छ  । पछिल्लो समय हरेक महिनाजसो निक्षेपको ब्याजदर घटिरहेको छ । यो सँगै  असारमा बैंकहरुले ब्याजदर घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।  

यद्यपि केही बैंकले भने जेठकै ब्याजदर लाई निरन्तरता दिएर ब्याजदर यथावत राखेका छन् ।  असारमा ब्याजदर घटाउँनेमा कृषि विकास बैंक, कुमारी बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक र एनआइसी एसिया बैंक रहेका छन् ।  बाँकी अरु बैंकले जेठ महिनाकै ब्यादरलाई निरन्तरता दिएका छन् । यो सँगै असारमा वाणिज्य बैंकहरुको मुद्दति निक्षेपको औषत ब्याजदर  ५.९० प्रतिशत कायम भएको छ ।

Advertisement:

Ad
Ad

लामो समयदेखि बैकिंङ क्षेत्र अधिक तरलताको समस्यामा छ । बैंकिङ क्षेत्रको तरलता व्यवस्थापनका लागि केन्द्रिय बैंकले हरेक दिनजसो निक्षेप तानिरहेको छ ।  निक्षेपको ब्याजदर घट्दा कर्जाको ब्याजदर पनि घट्न  पुग्छ । 


कुन बैंकको कति छ ब्याजदर ?
एभरेष्ट बैंकको ०.०९ प्रतिशतले ब्याजदर घटेर ६.५५ प्रतिशतमा झरेको छ भने एनआइशी  एशियाको ०.०५ प्रतिशतले घटेर ६.५५ प्रतिशत कायम भएको छ । यस्तै एनएमबी बैंकको ०.६० प्रतिशतले घटेर ६ प्रतिशतमा आएको छ भने कुमारी बैंकको ०.२० प्रतिशतले घटेर ५.७१ प्रतिशत कायम भएको छ ।

यता कृषि विकास बैंकको पनि ०.०६ प्रतिशतले घटेर ५.४५ प्रतिशत कायम भएको छ भने बाँकी १५ वटा बैंकको व्याजदर यथावत छ । सानिमा बैंकको ६.३३ प्रतिशत, स्ट्याण्डर्ड बैंकको ६.२५ प्रतिशत, प्रभु बैंकको ६.१ प्रतिशत, माछापुछ्रे, ग्लोबल आइएमई र राष्ट्रिय वाणिज्य बैंकको ६ प्रतिशत  मुद्दती निक्षेपको ब्याजदर रहेको छ ।

यस्तै  सिद्धार्थ, नबिल र  लक्ष्मी सनराइज बैंकको  ५.७५ प्रतिशत ब्याजदर रहेको छ । सिटिजन्स बैंकको ५.६५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाबैंक, हिमालयन बैंक र नेपाल एसबिआई बैंकको ५.५ प्रतिशत रहेको छ । नेपाल बैंकको भने ५.४५ प्रतिशत मुद्दती निक्षेपको ब्याजदर रहेको छ ।