बोर्डले दियो  एसियन लाइफ इन्स्योरेन्सलाई हकप्रद शेयर निष्कासन गर्ने अनुमति

२०८२ वैशाख २६ गते

बोर्डले दियो  एसियन लाइफ इन्स्योरेन्सलाई हकप्रद शेयर निष्कासन गर्ने अनुमति

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको छ।नेपाल धितोपत्र बोर्डले वैशाख २६ गते एसियन लाइफलाई  चुक्तापुँजीको १ः०.४२ अनुपातमा अर्थात ४२ प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो।

हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ४०० रुपैयाँ रहेको छ। यस आधारमा एशियनले आफ्ना शेयरधनीहरुलाई १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर बिक्री गर्नेछ।

Advertisement:

Ad
Ad

हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ६४८ रुपैयाँ पुग्नेछ।