बोनस सेयर प्रस्ताव पेश गर्न हिमालयन इन्सुरेन्सको साधारणसभा आज बस्दै

२०८१ फागुन ११ गते

बोनस सेयर प्रस्ताव पेश गर्न हिमालयन इन्सुरेन्सको साधारणसभा आज बस्दै

काठमाडौ । हिमालयन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको बार्षिक साधारणसभा आज हुदैछ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । उक्त बोनस सेयरमा लाग्ने कर भने सेयरधनी आफैले तिर्नुपर्ने कम्पनीले जनाएको छ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि छ ।

सभा, अनुपम फुडल्याण्ड एन्ड बैंक्वेट, बत्तिसपुतली काठमाडौंमा बिहान १०ः३० बजे बाट हुनेछ । हिमालयन लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३७ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको प्रतिसेयर आम्दानी पनि ९.३८ रुपैयाँ छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३०.२१ रुपैयाँ रहेको छ ।

Advertisement:

Ad
Ad