२०८१ चैत २० गते
काठमाडौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा सम्पन्न भएको हो ।सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ को वोनस शेयर जारी गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी दुई अर्व ९४ करोड पुग्ने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्ध पत्रको दफा ५ को (ख) र (ग) मा भएको जारी तथा चुक्ता पूँजी सम्बन्धी व्यवस्था संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।सभाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएका खर्च अनुमोदन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव गरित गरेको छ ।
प्रतिक्रिया