२०८२ जेठ ०५ गते
काठमाडौं । सर्वोच्च अदालतले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने निर्णयको फाइल झिकाउन आदेश दिएको छ । सोमबार सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
झाको नियुक्त विरुद्ध अधिवक्ता इन्दिरा धमलाले गत चैत १७ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् । ओझाको योग्यताको प्रमाणीकरणका लागि नियुक्ति सम्बन्धीमन्त्रिपरिषद्को फाइल झिकाउन आदेश दिएको हो ।
आदेशसँगै अब मन्त्रिपरिषदबाट नियुक्त सम्बन्धी फाइल सर्वोच्चमा बुझाएपछि पेशी तोकेर छलफल हुनेछ । सरकारले फागुन १२ गते प्राधिकरणका अध्यक्षमा ओझालाई नियुक्ति गरेको थियो ।
प्रतिक्रिया