२०८२ मंसिर १८ गते
काठमाडौँ । नेपाल बैंकर्स संघले कार्यसमिति सदस्यमा चारजना चयन गरेको छ । जसमा तीन जना नयाँ सदस्य हुन् । नयाँ सदस्यमा नबिल बैंकका सिइओ मनोज ज्ञवाली, लक्ष्मी सनराइज बैंकका सिइओ अजयबिक्रम शाह र नेपाल एसबिआई बैंकका रामप्रसाद तिवारी छन् ।
प्राइम बैंकका सिइओ सञ्जिव मानन्धर भने दोस्रो कार्यकालको लागि चयन भएका हुन् । प्रहरीको हिरासतमा पुगेका प्रभु बैंकका सिइओ अशोक शेरचनको कार्यकाल केही दिनमा सकिदैछ ।
सानिमा बैंकका सिइओ निश्चलराज पाण्डेको पनि कार्यकाल सकिएको छ । यस्तै सिद्धार्थ बैंकका सिइओ शुन्दर कंडेलको कार्यकाल पनि केही दिनमा सकिदैछ । यिनीहरुको ठाउँमा नयाँ सदस्य चुनिएको हो ।
प्रतिक्रिया