बैकिङ  प्रणालीबाट ४० अर्ब उठाउँदै राष्ट्र बैंक

२०८२ चैत २२ गते

बैकिङ  प्रणालीबाट ४० अर्ब उठाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीबाट ४० अर्ब उठाउँदै छ । निक्षेप संकलन बोलकबोल उपकरणमार्फत यो रकम उठाउन लागिएको हो  । आज (चैत्र २२) दिउसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोल गर्न सकिने केन्द्रिय बैंकले भनेको छ  । 

यो निक्षेप जेठ १७ गते परिपक्क हुने भएकाले सोही दिन साँवा ब्याज भुक्तानी हुनेछ । घटीमा  १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिनेछ ।  यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा समेत यो निक्षेप प्रयोग गर्न सकिने छ । 

Advertisement:

Ad
Ad

बैकिङ प्रणालीमा अधिक तरलता थुप्रिएको थुप्रिएकै छ । सो तलता ब्यवस्थापन गर्न केन्द्रिय बैंकले दिनहु जसो बजारबाट पैसा तानिरहेको छ ।