२०८२ जेठ २८ गते
काठमाडौ । बैंकिङ क्षेत्रको अधिक तरलताको व्यवस्थापनको लागि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ उठाउँदै छ । केन्द्रिय बैंकले २१ दिने निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउँन लागेको हो । आज ३ बजे अनलाईन मार्फत बोलकबोल हुनेछ ।
यसको साँवा ब्याज भुक्तानी असार १८ गते हुनेछ । घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेषभाग जाने गरी कुल आव्हान रकमसम्म बोकलबोल गर्न सकिनेछ । बैंक तथा वित्तीय संस्थामा यो निक्षेप धितोको रुपमा समेत प्रयोग गर्न सकिनेछ । निक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।
निक्षेप संकलन उपकरणकोबोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनकोबोलकबोलमा निक्षेपवापत् जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ । निक्षेप संकलनकोलागि आव्हान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममाराखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिनेछ ।
प्रतिक्रिया