बैंकिङ क्षेत्र सुधार्न के गर्नुपर्छ भन्दै कार्यदलले माग्यो सुझाव, ११ गतेसम्म पेश गर्न पाइने

२०८२ असार ०४ गते

बैंकिङ क्षेत्र सुधार्न के गर्नुपर्छ भन्दै कार्यदलले माग्यो सुझाव, ११ गतेसम्म पेश गर्न पाइने

काठमाडौ । केही दिन अघि नेपालको  बैंकिङ क्षेत्र सुधार्नका लागि सुझाव दिन गछन भएको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले सरोकारवाला निकायसँग सुझाव मागेको छ ।

नेपाल  राष्ट्र बैंकले सूचना प्रकाशित गर्दै सरोकारवाला निकाय तथा व्यक्तिले आफ्नो अनुभव र विज्ञताका आधारमा असार ११ गतेसम्म सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो ।सुझाव कार्यदलको ई–मेल ा[email protected] मा असार ११ गतेसम्म उपलब्ध गराउन सकिने छ ।

Advertisement:

Ad
Ad


राष्ट्र बैंकले बैंकिङ क्षेत्रको सुधारका लागि ३ सदस्यीय कार्यदल केही दिन अघि मात्र गठन गरेको हो । जसमा  धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा भुवनकुमार दहाल–सदस्य र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक–सदस्य सचिव रहेका छन् । समितिलाई ३० दिनभित्र सुझाव पेस गर्न समयसीमा तोकिएको छ ।