'बैंकमा ८ खर्ब पैसा थुप्रियो, मौद्रिक नीतिमा लचकता चाहिन्छ'

२०८२ असार २२ गते

'बैंकमा ८ खर्ब पैसा थुप्रियो, मौद्रिक नीतिमा लचकता चाहिन्छ'

काठमाडौ । नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुछ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सन्तोष कोइरालाले कृषि र साना तथा मझौला उद्योगमा बढी ऋण फसेको बताएका छन् ।

उनले कृषि क्षेत्रको मात्र खराब कर्जा ९.१ प्रतिशत रहेको र साना तथा मझौला उद्योगको ८.५ प्रतिशत रहेको एक कार्यक्रममा बताए । उनले भने, 'अहिले निर्देशित कर्जा भनिरहेको छौ तर यही निर्देशित कर्जामा बढी ऋण फसेको छ । जस्तै कृषिमा ९.१ प्रतिशत निस्क्रिय कर्जा छ भने साना तथा मझौला उद्योगमा ८.५ प्रतिशत कर्जा निस्क्रिय छ ।  यसकारण यो क्षेत्रमा ऋण बढाएर मात्र हुदैन बरु कृषि इक्विपमेन्ट जारी गर्न सक्ने व्यवस्था गरिनुपर्छ ।' 

Advertisement:

Ad
Ad

'यस्तै कोइरालाले बैंकहरुको प्रायजसो ऋण धितोमा प्रवाह भएको उल्लेख गर्दै शहरी क्षेत्रमा ६५ प्रतिशतसम्म ऋण धितोमा आधारित भएको बताए । तर त्यही धितो अहिले नबिक्ने अवस्थामा छ । समस्या धितोमा होइन नगदमा देखिएको छ', उनले भने । 
व्यवसायीहरुखे खारेज गर्नुपर्छ भनिएको चालुपूँजी कर्जामा नराम्रो कुरा नभएको र अनुशासित बनाउँन सहयो गर्ने उनको भनाई छ । आधारदर औषत ६ प्रतिशतमा झर्दा पनि कर्जाको माग नभएकोले बैकिङ प्रणालीमा ८ खर्ब रुपैयाँ अधिक तरलता थुप्रिएको भन्दै कोइरालाले यसपटक मौद्रिक नीतिमा लचकताको आवश्यकता रहेको औल्याए ।