'बैंकको नियमन थप कडाई गर्नुपर्ने समय आएको छ, लाइसेन्सको निश्चित अवधि तोक्नुपर्छ'

२०८२ असार १९ गते

'बैंकको नियमन थप कडाई गर्नुपर्ने समय आएको छ, लाइसेन्सको निश्चित अवधि तोक्नुपर्छ'

काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकको लाइसेन्सको निश्चित अवधि तोक्नुपर्ने बताएका छन् । उनले बैंकको लाइसेन्समा  पुनर्विचार आवश्यक रहेको औल्याए।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको  बैठकमा बोल्दै गभर्नर पौडेल भन्छन, 'धेरैजसो क्षेत्रको लाइसेन्सको अवधि तोकिएको हुन्छ, जस्तो कि जलविद्युतको ३० वर्ष, टेलिकमको पनि अवधि तोकिन्छ, तर बैंकहरूको लाइसेन्समा कुनै समयसीमा छैन ।'

Advertisement:

Ad
Ad

उनले बैंकिङ प्रणालीको प्रभावकारिता बढाउन र सुशासन कायम राख्न नियमन थप कडाइ गर्नुपर्ने समय आएको बताए।

'बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनु जनताको अधिकार भएको हो,  ‘कसैसँग राम्रो योजना छ भने ऋण पाउनु पर्छ । त्यसैले ऋण पहुँच सरल र न्यायोचित बनाउन बैंकहरू जिम्मेवार हुनुपर्छ, पौडेल भन्छन ।