बीमा प्राधिकरणको रिक्त कार्यकारी निर्देशकमा सुशील देव सुबेदी नियुक्त

२०८१ चैत ०१ गते

बीमा प्राधिकरणको रिक्त कार्यकारी निर्देशकमा सुशील देव सुबेदी नियुक्त

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुबेदी नियुक्त भएका छन् ।

प्राधिकरणको सञ्चालक समितिको आज बसेको बैठकले पदपूर्ति समितिको सिफारिसमा निर्देशक सुबेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

Advertisement:

Ad
Ad

नवनियुक्त कार्यकारी निर्देशक सुबेदीले आजदेखि नै कार्यभार सम्हालेका छन् ।