बीमा प्राधिकरणको अध्यक्षमा १२ जनाको आवेदन, पत्रकार ओझा पनि अध्यक्षको दौडमा

२०८१ माघ ११ गते

बीमा प्राधिकरणको अध्यक्षमा १२ जनाको आवेदन, पत्रकार ओझा पनि अध्यक्षको दौडमा

काठमाडौ । बीमा प्राधिकरणको रिक्त रहेको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा तत्कालिन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चपागाइ देखि पत्रकार शरद ओझाले समेत आवेदन दिएका छन् । पत्रकार ओझा क्लिकमाण्डु डटकममा कार्यरत छन् ।

बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी, बीमा  समितिका तत्कालीन अध्यक्ष चिरञ्जिवी चापागाईं, पूर्वराजस्व सचिव रामशरण पुडासैनी, डा. दामोदर बसौला, रमण नेपाल, विक्रान्त पौडैल लगायत १२ जनाले आवेदन दिएका छन् ।बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई अख्तियार दुरुपयोग अुनसन्धान आयोगले नागरिकता सम्बन्धी कसुरमा मुद्दा दायर गरेपछि प्राधिकरणमा अध्यक्ष पद रिक्त छ । सरकारले पुस २६ गते अध्यक्षका लागि १५ दिनको समय दिएर अध्यक्षका लागि आवेदन खुलाएको थियो ।

Advertisement:

Ad
Ad

आवेदन दिएकामध्ये ५ जनालाई छनोट गरेर उनीहरुको कार्य योजना सहितको प्रस्तुती पछि अर्थमन्त्रालयले तीन जनाको नाम सर्ट लिस्टमा राखेर मन्त्रिपरिषदमा पठाउने छ । मन्त्रिपरिषदले ३ जनाबाट १ जनालाई अध्यक्षमा चयन गर्नेछ । बीमा प्राधिकरणको अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ ।

यी हुन् प्राधिकरण अध्यक्षका लागि आवेदन दिएका १२ जना

कमल प्रसाद रेग्मी डा देवराज रोका शरद ओझा चिरञ्जिवी चापागाईं विष्णुबाबु मिश्र बुद्धकाजी श्रेष्ठ दामोदर बसौला डिमप्रसाद पौडेल रामशरण पुडासैनी विक्रान्त पाण्डे रमण नेपाल विनोदकाजी श्रेष्ठ