भ्रष्टाचारका आरोपी बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल निलम्वनमा

२०८१ मंसिर २४ गते

भ्रष्टाचारका आरोपी बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल निलम्वनमा

काठमाडौं । भ्रष्टाचारका आरोपी सुर्य प्रसाद सिलवाल निलम्वनमा परेका छन् । भ्रष्टाचार नियन्त्रण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेसँगै अध्यक्ष सिलवाल निलम्वनमा परेका हुन् ।

अध्यक्ष सिलवाल उमेरहद सम्बन्धमा नक्कली विवरण पेश गरी नागरिकता लिएर आफनो उमेर ढाँटेर २०८० साल साउन १४ गते नै अनिवार्य अवकासमा जानुपर्नेमा नगई ढाँटेर जबरजस्ती जागिर खाइ भ्रष्टाचार गरेको भन्दै अख्तियारले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

Advertisement:

Ad
Ad

उनीले पर्साबाट लिएको नागरिकता र काठमाडौँबाट लिएको नागरिकतामा फरक फरक मिति उल्लेख भएको आयोगले जनाएको छ । उनी विरुद्ध आयोगले ३६ लाख ६२ हजार १५४ रूपैयाँ १६ पैसा माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।