२०८२ असार २० गते
काठमाडौ । अर्थमन्त्री विष्णुृ पौडेलले बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन संसोधन गर्न बनेको विधेयक (वाफिया) को छलफल लम्बिएको भन्दै त्यसलाई टुंगोमा पुर्याउँन आगैह गरेका छन् । प्रतिनीधिसभा अन्र्तगतको अर्थसमितिमा बोल्दै अर्थमन्त्री पौडेलले छलफल लम्बिएको भन्दै टुंगोमा पुर्याउँन भनेका हुन् ।
उनले भने, 'यो विधेयकको छलफल लामो भइसक्यो । पर्याप्त छलफल गरेर चाडो भन्दा चाडो टुंगो लगाऔ । अर्थसमिती अर्थमन्त्रालयबाट के जान्न चाहन्छ र राष्ट्र बैंकले के जानकारी दिनुपर्ने हो त्यसको जानकारी दिए चाहिनेजति सुचना दिन तयार छौ ।'
वाफिया संसदमा दर्ता भएको एक बर्षभन्दा बढी भयो तर अझै टुंगो लाग्न सकेको छैन ।
प्रतिक्रिया