२०८२ असार २२ गते
काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले बैंकर र व्यवसायी छुट्याउन ‘ग्रेसफुल एक्जिट’ आवश्यक रहेको बताएका छन्।आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन प्रस्तावमाथि भएको छलफलमा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
हाल बाफियाको प्रावधानमाथि दफावार छलफल चलिरहेको छ । केसीका अनुसार बाफियामा १ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका व्यक्तिलाई बैंकिङ प्रणालीबाट ऋण नलिन दिने प्रस्ताव अर्थतन्त्रलाई प्रभावित गर्नसक्ने छ। राष्ट्र बैंकको तथ्यांक अनुसार हाल ३७३ जना बैंक लगानीकर्ताको १ प्रतिशतभन्दा बढी सेयर स्वामित्व छ।
केसीले नेपालमा अनौपचारिक अर्थतन्त्रको हिस्सा ठूलो रहेको र त्रिभुवन विश्वविद्यालयले गरेको अध्ययन अनुसार ४३ प्रतिशत अर्थतन्त्र अनौपचारिक रहेको बताए। अनौपचारिकताका कारण राजस्व संकलनमा समस्या भइरहेको भन्दै उनले बेलायतको उदाहरण दिँदै त्यहाँ ५१ प्रतिशत अर्थतन्त्र अनौपचारिक रहेको स्मरण गराए।
उनले कोभिडको असरले नवउद्यमीहरू उच्च ब्याजदरको मारमा परेर समस्यामा परेको भन्दै वर्तमान संकटपूर्ण अवस्थालाई सम्बोधन गर्न व्यवसायीलाई राहत दिने नीति आवश्यक भएको बताए।
प्रतिक्रिया