२०८२ मंसिर २५ गते
काठमाडौ । चालू आर्थिक वर्षको ४ महिनामा बैंक तथा वित्तिय संस्था (बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी) ले २१ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएका छन् ।
यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा तीन अर्ब ६७ करोड रुपैयाँले कम हो । गत वर्षको कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको नाफा २४ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो ।
बैकिङ क्षेत्रमा अधिक तरलता छ तर कर्जाको माग छैन । जसका कारण बैंकिङ क्षेत्रको नाफामा धक्का लागेको छ । अधिकांश बैंक तथा वित्तीय संस्थाको नाफा घटेको छ । वाणिज्य बैंकहरुको खुद नाफा नै १३.११ प्रतिशतले घटेको छ। बाणिज्य बैंकहरुले चालू वर्षको ४ महिनामा १९ अर्ब ३७ करोड रुपैयाँ मात्रै नाफा कमाएका छन् ।
४ वटा मात्रै वाणिज्य बैंकहरुको नाफा बढेको छ भने १६ वटाको नाफामा संकुचन आएको छ। बाणिज्य बैंकमा सबैभन्दा बढी नाफा ग्लोबल आइएमई बैंकले गरेको छ । चार महिनामा यस बैकले २ अर्ब ५१ करोड रुपैयाँ कमाएको हो ।
यस्तै विकास बैंकहरुले १ अर्ब ७६ करोड ९० लाख रुपैयाँ नाफा गर्दा फाइनान्स कम्पनीहरुले १७ करोड नाफा गरेका छन् । विकास बैंकहरुमा सबैभन्दा बढी खुद नाफा गरिमा विकास बैंकले ३९ करोड ७७ लाख रुपैयाँ गरेको छ ।
फाइनान्स कम्पनीहरुमागुडविल फाइनान्सले ५ करोड २८ लाख रुपैयाँ नाफा गरेको छ ।
प्रतिक्रिया