२०८१ कात्तिक २६ गते
काठमाडौ । असोज दोस्रो साताको वर्षाका कारण आएको बाढी–पहिरोबाट भएको क्षतिको दाबी बीमा कम्पनीमा धमाधम परिरहेको छ । कात्तिक २० गतेसम्म विभिन्न बीमा कम्पनीमा १० अर्ब ५३ करोड २७ लाख रुपैयाँ बराबरको दाबी परेको बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार साढे १० अर्बको दाबी परेपनि हालसम्म ४७ करोड ११ लाख ५८ हजार रुपैयाँ बराबरको भुक्तानी भएको छ । दाबी परेको सबै सही तरिकाले दाबी गरिएको छ वा छैन, दाबी अनुसारको वास्तविक क्षति कति हो भन्ने विषयमा बिमा कम्पनीको सर्भेयरहरुले पनि निरिक्षण गरिरहेको प्राधिकरणले जनाएको छ । यसकारण प्रक्रिया पुर्याएर सही दाबी गरिएकाहरुको भने धमाधम भुक्तानी भइरहेको बीमा कम्पनीहरुले जनाएका छन् ।
हालसम्म ३ हजार ४६० वटा दाबी परेको छ । यसमा सबैभन्दा बढी सम्पत्ति बीमा अन्र्तगतका दाबी परेको छ । सम्पत्ति विमाअन्र्तगत मात्र ७ अर्ब ९१ करोड ८९ लाख रुपैयाँ बराबरको दाबी परेको छ । तर यस शिर्षकमा परेको दाबीको भने ३८ करोड ९५ लाख ५६ हजार रुपैयाँ मात्र भुक्तानी भएको छ । यस्तै सामुद्रिक बीमा , पशुपंक्षी बीमा तथा कृषि बीमा अन्र्तगत पनि दाबी परेको छ ।

कुन बीमा कम्पनीमा कति दाबी ?
१४ वटा बीमा कम्पनी र ५ वटा माइक्रोविमा कम्पनीमा दाबी परेको छ ।
सरकारले हालसम्म कति क्षति भएको हो भन्ने एकिन विवरण सार्वजनिक गर्न सकेको छैन् । तर मुख्य सचिव एकनारायण अर्यालले त्यतिबेला १७ अर्ब बरबरको क्षति भएको प्रारम्भिक आंकडा सार्वजनिक गरेका थिए ।
प्रतिक्रिया