अभियान लघुवित्तको संस्थापक सेयर साउन ३० गते देखि कारोबारयोग्य,  लकइन अवधि २९ गते सकिदै

२०८२ असार २३ गते

अभियान लघुवित्तको संस्थापक सेयर साउन ३० गते देखि कारोबारयोग्य,  लकइन अवधि २९ गते सकिदै

काठमाडौ । अभियान लघुवित्तका संस्थापक सेयरधनीको सेयर साउन २९ पछि खरिदबिक्रि योग्य हुनेछ । लकइन अवधि साउन २९ गते सकिने भएकाले संस्थापक सेयर खरिदिबिक्रि योग्य हुने भएको हो  । 


नेपाल धितोपत्र बोर्डको नियमअनुसार आइपिओ निष्काशन मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारीको सेयरलाई लकइनमा राखिएको हो ।अभियान लघुवित्त वित्तीय संस्थामा संस्थापक सेयरधनीको १५ लाख २५ हजार कित्ता सेयर रहेको छ । यसैगरी कर्मचारीको नाममा १२ हजार ५ सय कित्ता सेयर छ ।

Advertisement:

Ad
Ad

अभियानको आईपीओ २०७९ साउन १८ देखि २२ गतेसम्म आवेदन खुला भई ३० गते बाँडफाँड गरिएको थियो ।