आईएमई डिजिटल सोलुसन र खल्ती गाभिएर आईएमई खल्ती लिमिटेड बन्ने, साउन १ गतेदेखि एकिकृत कारोबार

२०८२ असार ०६ गते

आईएमई डिजिटल सोलुसन र खल्ती गाभिएर आईएमई खल्ती लिमिटेड बन्ने, साउन १ गतेदेखि एकिकृत कारोबार

काठमाडौ ।  भुक्तानी सेवा प्रदायकको रूपमा काम गरिरहेका  आई. एम. ई. डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेड एक आपसमा गाभिएर  आईएमई खल्ती लिमिटेड बन्ने भएको छ ।

यी संस्थाहरूको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी गाभ्न /गाभिनका लागि केन्द्रिय बैंकले अन्तिम स्वीकृति दिएपछि  दुवै संस्थाबाट सञ्चालन हुँदै आएको भुक्तानीसम्बन्धी सम्पूर्ण कारोबार आगामी साउन १ गतेदेखि एकिकृत कारोबार हुने भएको छ ।

Advertisement:

Ad
Ad

आईएमई खल्ती लिमिटेड को नामबाट सञ्चालन हुने भएकोले भुक्तानी तथा फछ्र्यौट विनियमावली (पहिलो संशोधन, २०८०) २०७७ को विनियम ३७ को उप/विनियम १३ मा भएको व्यवस्थाबमोजिम सर्वसाधारणलाई केन्द्रिय बैंकले जानकारी दिएको छ ।