आइएमई लाइफको ८ औँ वार्षिक साधारणसभा सम्पन्न,नगद लाभांश वितरणको प्रस्ताव पारित

२०८१ फागुन २५ गते

आइएमई लाइफको ८ औँ वार्षिक साधारणसभा सम्पन्न,नगद लाभांश वितरणको प्रस्ताव पारित

काठमाडौं । आईतबार आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा सम्पन्न सभाले हाल कायम चुक्ता पूँजीको २१ दशमलव ०५२६४ प्रतिशत नगद लाभांश(कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ। त्यस्तै गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारणको विषय पनि टुङ्गिएको छ

Advertisement:

Ad
Ad

त्यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चहरू अनुमोदन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।