बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन, डा. रेवतबहादुर कार्की–संयोजक

२०८२ जेठ ३० गते

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन, डा. रेवतबहादुर कार्की–संयोजक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ । कार्यदलमा भुवनकुमार दहाल–सदस्य र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक–सदस्य सचिव रहने गरी तीन सदस्यीय “बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल” गठन भएको छ । 

उक्त कार्यदलको समयावधि एक महिनाको रहने गरी देहायका विषयमा सुझाव दिन जिम्मेवारी प्रदान गरिएको छ । 

Advertisement:

Ad
Ad

१,बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा ।
२, आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा ।
३, ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा ।
४, बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका मर्जर एण्ड एक्विजसनमा । 
५, समस्याहरूको पहिचान तथा समाधानको सुझावका सम्बन्धमा ।
६, नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा ।
७, पुँजीबजार विकासमा केन्द्रीय बंैकको समन्वयात्मक भूमिका सम्बन्धमा ।