नेपालको ढुकुटीमा २२ अर्ब ७६ करोड डलर बराबरको विदेशी मुद्रा,कति समयलार्ई थेग्छ आयात ?

२०८२ फागुन २८ गते

नेपालको ढुकुटीमा २२ अर्ब ७६ करोड डलर बराबरको विदेशी मुद्रा,कति समयलार्ई थेग्छ आयात ?

काठमाडौं । नेपालसँग डेढ वर्षको आयात धान्न पुग्न विदेशी मुद्रा रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपालसँग ३३ खर्ब २ अर्ब ६६ करोड रुपैयाँ विदेशी मुद्रा छ जुन एक महिनामै ६० अर्ब रुपैयाँले बढेको हो ।

अमेरिकी डलरमा हिसाब गर्दा नेपालको ढुकुटीमा २२ अर्ब ७६ करोड डलरबराबरको विदेशी मुद्रा छ ।

Advertisement:

Ad
Ad


यति विदेशी मुद्राले नेपालको १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । अर्थात् पछिल्लो ७ महिनाको आयातलाई आधार मान्ने र यही दरमा आयात हुने हो भने नेपालले १८ महिनासम्म १ रुपैयाँ पनि विदेशी मुद्रा प्राप्त नगरे पनि आयात गरेरै खान पुग्न पुग्छ ।