माघ महिनाका लागि वाणिज्य बैंकहरूको मुद्दतिको ब्याजदर सार्वजनिक,कसको कति ?

२०८२ पुस ३० गते

माघ महिनाका लागि वाणिज्य बैंकहरूको मुद्दतिको ब्याजदर सार्वजनिक,कसको कति ?

काठमाडौँ । सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । बैंकह्रुमा थुप्रिएको तरलताका कारण माघ महिनाका लागि पनि अधिकांश वाणिज्य बैंकहरूले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । तरलताको चापसँगै बजारमा कर्जाको माग नहुनु र बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिँदै गएपछि बैंकहरूले हरेक महिनाजसो ब्याजदर घटाउन बाध्य भएका हुन्।

 

Advertisement:

Ad
Ad

यही क्रमलाई निरन्तरता दिँदै माघ महिनाका लागि पनि अधिकांश वाणिज्य बैंकहरूले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूको तथ्यांक हेर्दा माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा दिइने अधिकतम औषत ब्याजदर झरेको देखिन्छ। अघिल्लो महिनाको तुलनामा औषत ब्याजदर करिब साढे ४ प्रतिशत हाराहारीमा सीमित भएको छ। यो पुस महिनामा कायम रहेको दरभन्दा स्पष्ट रूपमा कम हो।

 

माघ महिनाका लागि २० मध्ये ११ बैंकले अघिल्लो महिनाको तुलनामा ब्याजदर घटाएका छन्। केही बैंकहरूले तुलनात्मक रूपमा आक्रामक कटौती गरेका छन् भने केहीले सानो मात्रामा ब्याजदर समायोजन गरेका छन्।

 

सबैभन्दा धेरै ब्याजदर घटाउने बैंकहरूको सूचीमा हिमालयन बैंक र माछापुच्छ्रे बैंक अग्रस्थानमा देखिएका छन्।माघ महिनाका लागि मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाउने बैंकहरु सिद्धार्थ बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स  बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक समेत रहेका छन् ।

 

प्राइम कमर्सियल बैंकले माघ महिनाका लागि ब्याजदर बढाएको छ। समग्र बैंकिङ प्रणाली ब्याजदर घटाउने दिशामा अघि बढिरहेका बेला प्राइम बैंकको बजारको सामान्य प्रवृत्तिभन्दा अलग देखिन्छ।
 

माघ महिनाका लागि संस्थागत र व्यक्तिगत निक्षेपमा कुन बैंकको कति छ ब्याजदर हेरौँ -