५० मध्ये २२ वटा लघुवित्तलाई मात्रै नेप्सेले गर्यो कारोबारयोग्य घोषणा,कुन कुन परे ?

२०८२ माघ २८ गते

५० मध्ये २२ वटा लघुवित्तलाई मात्रै नेप्सेले गर्यो कारोबारयोग्य घोषणा,कुन कुन परे ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्र व्यापारी (स्टक डिलर) हरूले कारोबार गर्न पाउने लघुवित्त कम्पनीहरूको अद्यावधिक सूची सार्वजनिक गरेको छ। देशभर सञ्चालनमा रहेका कुल ५० लघुवित्त वित्तीय संस्थामध्ये आवश्यक मापदण्ड पूरा गरेका २२ वटालाई मात्रै नेप्सेले कारोबारका लागि योग्य घोषणा गरेको हो।

 

Advertisement:

Ad
Ad

उल्लेखित शर्तहरू पूरा गरेका कम्पनीहरूको विवरण संकलन गरी सूची तयार गरिएको हो। सोही कार्यविधिको दफा ३ (३) बमोजिम सूची अद्यावधिक गरी दफा ३ (१) अनुसार औपचारिक रूपमा सार्वजनिक गरिएको नेप्सेले स्पष्ट पारेको छ। यस प्रक्रियाले कारोबारलाई थप व्यवस्थित, पारदर्शी र मापदण्डमा आधारित बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

 

सूचीमा समावेश गरिएका लघुवित्त संस्थाहरूले नियामक निकायले तोकेका वित्तीय सुदृढता, प्रशासनिक क्षमता तथा सुशासनसम्बन्धी मापदण्ड पूरा गरेका छन्। त्यसैले यस्ता कम्पनीहरूको सेयरमा लगानी गर्दा तुलनात्मक रूपमा कम जोखिम हुने अपेक्षा गरिएको छ। नेप्सेका अनुसार यस व्यवस्थाले स्टक डिलरहरूलाई कारोबार गर्दा सम्भावित जोखिम न्यूनीकरण गर्न मद्दत पुर्‍याउनेछ र लगानीकर्ताको विश्वाससमेत अभिवृद्धि गर्नेछ।

 

कारोबार योग्य ठहर भएका लघुवित्त कम्पनीहरूमा आशा, छिमेक, सिवाईसी, डिप्रोक्स, फस्र्ट माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, ग्लोबल आइएमई, जीवन विकास, कालिका, महिला, महुली, मेरो माइक्रोफाइनान्स, नेशनल माइक्रोफाइनान्स, नेरुडे मिर्मिरे, निर्धन उत्थान, आरएसडिसि, सम्पदा, साना किसान, सूर्यदया ओमी, स्वाभलम्बन, स्वरोजगार तथा विजय लघुवित्त रहेका छन्।