कामना सेवा विकास बैंकका ग्राहकले क्याफियोफिलामा छुट पाउने

२०८२ मंसिर २२ गते

कामना सेवा विकास बैंकका ग्राहकले क्याफियोफिलामा छुट पाउने

काठमाडौँ । कामना सेवा विकास बैंकका ग्राहकले क्याफियोफिलामा छुट पाउने भएका छन्।  बैंकले ज्ञानेश्वरमा रहेको क्याफियोफिलासँग सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता गरेको हो।यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकले फुड तथा बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। 

 

Advertisement:

Ad
Ad

बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ। यस सम्झौताबाट ग्राहक तथा कर्मचारीले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।

 

उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र क्याफेका फ्रेन्चाइज ओनर सदिक्षा श्रेष्ठेले हस्ताक्षर गरे।