अमेरिकी मुद्रामा राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षर

२०८२ चैत १३ गते

अमेरिकी मुद्रामा राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षर

एजेन्सी । अमेरिकी इतिहासमै पहिलो पटक डलरको नोटमा बहालवाला राष्ट्रपतिको हस्ताक्षर छापिने भएको छ।अमेरिकी अर्थ मन्त्रालय ९ट्रेजरी विभाग० को निर्णयअनुसार अब छिट्टै अमेरिकी मुद्रामा राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षर देखिनेछ।

अमेरिकाले आफ्नो स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव मनाइरहेको अवसर पारेर यो ऐतिहासिक परिमार्जन गर्न लागिएको हो।सन् १८६१ मा डलरको नोट छाप्न सुरू गरिएयता अहिलेसम्म कुनै पनि बहालवाला राष्ट्रपतिको हस्ताक्षर नोटमा राखिएको थिएन।

Advertisement:

Ad
Ad

नयाँ छापिने नोटहरूमा राष्ट्रपति ट्रम्पको हस्ताक्षरसँगै अमेरिकी ट्रेजरी सेक्रेटरी ९अर्थमन्त्री० स्कट बेसेन्टको हस्ताक्षर पनि रहनेछ।यो निर्णयको बचाउ गर्दै ट्रेजरी सेक्रेटरी बेसेन्टले ट्रम्पको नेतृत्वमा अमेरिका आर्थिक रूपमा मजबुत र स्थिर बन्दै गएको बताएका छन्।

उनले भने, ‘देशले हासिल गरेका उपलब्धिहरूलाई सम्मान र पहिचान दिने योभन्दा राम्रो तरिका अरू हुन सक्दैन कि डलरको नोटमै राष्ट्रपतिको नाम होस्।’डलरमा हस्ताक्षर छापिने निर्णय हुनुअघि यसै महिना एउटा ‘फेडरल आर्ट्स कमिसन’ले ट्रम्पको तस्बिर अङ्कित २४ क्यारेट सुनको स्मारक सिक्काको डिजाइनलाई समेत अनुमोदन गरिसकेको छ।

राष्ट्रपति ट्रम्पको तस्बिर रहने उक्त विशेष सुनको सिक्का पनि अमेरिकाको २५०औँ स्वतन्त्रता दिवसकै अवसर पारेर सार्वजनिक गरिने ट्रेजरी विभागले जनाएको छ।