नेपाल बैंकर्स संघ र भिसाद्वारा नेपालमा साइबर सुरक्षा सम्बन्धी कार्यशाला आयोजना

२०८२ माघ २० गते

नेपाल बैंकर्स संघ र भिसाद्वारा नेपालमा साइबर सुरक्षा सम्बन्धी कार्यशाला आयोजना

काठमाडौँ । नेपाल बैंकर्स संघ (एनबीए) ले भिसासँगको सहकार्यमा “नेपालमा साइबर सुरक्षा सुदृढीकरण” शीर्षकको राष्ट्रिय कार्यशाला सन् २०२६ जनवरी २७ तारिखका दिन काठमाडौंमा सफलतापूर्वक आयोजना गरेको छ । डिजिटल वित्तीय प्रणाली तीव्र रूपमा विस्तार भइरहेका सन्दर्भमा नेपालका साइबर सुरक्षा तयारीलाई सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा सरकार, नियामक निकाय, कानुन कार्यान्वयन निकाय, वित्तीय संस्थाहरू तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरूका उच्चस्तरीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

 

Advertisement:

Ad
Ad

उद्घाटन सत्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाली सेनाको साइबर सुरक्षा निर्देशनालय, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय वित्त निगम लगायतका प्रतिष्ठित संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री बम बहादुर मिश्रले नेपालको डिजिटल वित्तीय प्रणालीलाई सुदृढ बनाउने तथा संस्थागत स्तरमा साइबर जोखिम व्यवस्थापनलाई मजबुत पार्ने आवश्यकता औँल्याए ।


“साइबर–सक्षम ठगी तथा स्क्यामका उदीयमान प्रवृत्तिहरू का विषयमा नेपाल प्रहरीको साइबर ब्युरोद्वारा प्रस्तुत प्रस्तुतीकरणमा वर्तमान खतरा परिदृश्य र कानुन कार्यान्वयनका चुनौतीहरूबारे प्रकाश पारिएको थियो।“सुरक्षित डिजिटल भविष्यको निर्माण” – भिसाद्वारा प्रस्तुत, जसमा साइबर सुरक्षाका लागि विश्वव्यापी उत्कृष्ट अभ्यासहरू र सहकार्यमा आधारित दृष्टिकोणहरू प्रस्तुत गरिएको थियो।

 

“समन्वित राष्ट्रिय साइबर सुरक्षा इकोसिस्टम निर्माणस् भूमिका, जिम्मेवारी र भावी मार्गचित्र” शीर्षकको उच्चस्तरीय प्यानल छलफलमा बैंकिङ क्षेत्र, नियामक निकाय तथा साइबर सुरक्षा विज्ञहरूको सहभागिता रहेको थियो। प्यानलिस्टहरूले अन्तर–एजेन्सी समन्वय सुदृढ गर्ने, क्षमताविकास तथा सार्वजनिक–निजी साझेदारीलाई अझ प्रभावकारी बनाउने आवश्यकतामा जोड दिए।

 

समापन सत्रमा भिसा इन्डिया एन्ड साउथ एसियाका उपाध्यक्ष तथा प्रमुख सञ्चालन अधिकृत श्री वैभव तराणेकरले धन्यवाद ज्ञापन गर्दै सबै सरोकारवालाहरूको योगदान र विचारप्रति कृतज्ञता व्यक्त गरे। साथै उनले क्षमता विकास अन्तर्गत नेपालका सातै प्रदेशमा विशेषीकृत साइबर सुरक्षा तालिम कार्यक्रम सञ्चालन गरिनेछ।

 

उक्त कार्यक्रमले ज्ञान आदान–प्रदान, संवाद तथा सहकार्यका लागि एक प्रभावकारी मञ्च प्रदान गर्‍यो, जसले बढ्दो डिजिटल खतराबीच नेपालले आफ्नो साइबर सुरक्षा अवस्थालाई थप सुदृढ बनाउने यात्रालाई बल प्रदान गर्ने अपेक्षा गरिएको छ।