राष्ट्रिय वाणिज्य बैंकको २० औँ वार्षिक साधारण सभा सम्पन्न

२०८२ पुस २९ गते

राष्ट्रिय वाणिज्य बैंकको २० औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको २० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष देव कुमार ढकालको अध्यक्षतामा दरबारमार्गस्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।


सभाले लेखा परीक्षण प्रतिवेदन सहितको २०८२ आसाढ मसान्तको वित्तीय स्थितिको विवरण, आव २०८१/२०८२ को नाफा तथा नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सेयरधनी कोष परिवर्तनको विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ ।

Advertisement:

Ad
Ad


साथै सभाले चालु आव २०८२/८३ का लागि बाह्य लेखा परीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ।