बजेट अभावमा अमेरिकाका केही सरकारी सेवाको भुक्तानी बन्द हुनसक्ने,आप्रवासन नीति फेरबदल गर्नुपर्ने सिनेटमा माग

२०८२ फागुन ०२ गते

बजेट अभावमा अमेरिकाका केही सरकारी सेवाको भुक्तानी बन्द हुनसक्ने,आप्रवासन नीति फेरबदल गर्नुपर्ने सिनेटमा माग

काठमाडौँ । अमेरिकामा फेरि आंशिक सरकारी कोष बन्द हुने सम्भावना बढेको छ। यसको मुख्य कारण युनाइटेड स्टेट्स डिपार्टमेन्ट अफ होमल्याण्ड (गृह सुरक्षा विभाग) को बजेटमा सहमति नहुनु हो।

शुक्रबार अमेरिकी सिनेटमा बजेट विधेयक पारित हुन सकेन। यदि समयमै सहमति नभएमा गृह सुरक्षा विभागको कोष समाप्त भई केही सरकारी सेवा बन्द हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यम अल जजिराले उल्लेख गरेको  छ । 

Advertisement:

Ad
Ad

विधयेक पास नहुनुमा आप्रवासन नीतिमा मतभेद हुनु हो। डेमोक्र्याटिक सांसदहरूले यूएस इमिग्र्रेसन एण्ड कस्टम्स इनफोर्समेन्ट (आईसीई)मा सुधार गर्न माग गरेका छन्। उनीहरूले एजेन्टहरूले मास्क लगाएर पहिचान लुकाउन नपाउने, जातीय आधारमा कारबाही नगर्ने र विद्यालय वा चर्चजस्ता संवेदनशील स्थानमा छापा नमार्ने व्यवस्था गर्नुपर्ने बताएका छन्।

तर डोनाल्ड ट्रम्प नेतृत्वको रिपब्लिकन पक्षले यी माग अस्वीकार गरेको छ। सिनेटमा आवश्यक ६० मत नपुग्दा बजेट विधेयक रोकिएको हो।

यस विवादले अमेरिकामा आप्रवासन नीतिबारे राजनीतिक तनाव अझ बढाएको छ। यदि सहमति छिट्टै भएन भने गृह सुरक्षा विभाग अन्तर्गतका केही सेवाहरू अस्थायी रूपमा प्रभावित हुन सक्छन्।