२०८२ जेठ १२ गते
काठमाडौँ । चालु आर्थिक वर्षको चैत्र मसान्तसममा जीवन बीमक कम्पनीहरुले २ लाख ८१० वटा दाबीको भुक्तानी गरेका छन् । यो दाबीको रकममा हिसाव गर्दा ४५ अर्ब ३८ करोड रुपैयाँ हुन आउँछ । गत आर्थिक वर्षको चैत्र मसान्तसम्मको तुलनामा दाबी भुक्तानी संख्या र रकममा केही कमी आएको देखिन्छ । साथै ५२ हजार ६८७ वटा दाबी अन्तर्गतको ४ अर्ब ४३ करोड भुक्तानी हुन बाँकी रहेको छ ।
त्यसैगरी निर्जीवन बीमकहरुबाट चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा कुल १लाख १हजार ७१३ वटा दाबी भुक्तानी भएको छ । जुन १६ अर्ब ६२ करोड बराबरको भुक्तानी रकम हो ।निर्जीवन बीमामा ३० अर्ब ९४ करोड बराबरको १ लाख ४ हजार ८७२ दाबी भुक्तानी हुन बाँकी रहेको छ ।
हाल नेपालमा १४ वटा जीवन बीमा कम्पनी र १४ वटा नै निर्जीवन बीमा कम्पनी रहेका छन् ।
प्रतिक्रिया