व्यवसाय विस्तारमा कुन बैंकको अवस्था कस्तो ?

२०८१ फागुन ०४ गते

व्यवसाय विस्तारमा कुन बैंकको अवस्था कस्तो ?

काठमाडौ । बैंक भन्ने वित्तिकै सर्वसाधारणको निक्षेप संकलन गरेर सोही निक्षेप सर्वसाधारणमै कर्जा लगानीको रुपमा प्रवाह गर्ने एउटा संस्था हो । यसको मुख्य व्यवसाय भनेको नै निक्षेप संकलन र कर्जा विस्तार हो । कुन बैंकको व्यापार कस्तो छ भन्ने कुरा उक्त बैंकले संकलन गरेको निक्षेप र प्रवाह गरेको कर्जाले देखाउँछ । बैंकले बचत गर्न चाहने बचतकर्ताबाट रकम लिएर ऋण लिन चाहने व्यक्तिहरू तथा संस्थाहरूलाई रकम प्रदान गर्दछ । बैंकलाई वित्तीय मध्यस्थकर्ता पनि भनिन्छ ।

हाल सञ्चालनमा रहेका २० वटा बाणिज्य बैंकमा सबैभन्दा बढी निक्षेप संकलन गरेको र कर्जा प्रवाह गरेको बैंकको रुपमा ग्लोबल आइएमइ बैंक अगाडी देखिएको छ । बैकर्स एसोसियसनको तथ्यांकले चालु आर्थिक वर्षको (२०८१/०८२) सात महिनासम्ममा ग्लोबलले ५ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको गर्दा ४ खर्ब ३१ अर्ब रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको देखिन्छ ।

Advertisement:

Ad
Ad

यस्तै दोस्रोमा नबिल बैंक छ । यसले ४ खर्ब ९९ अर्ब भन्दा बढी निक्षेप संकलन गर्दा ४ खर्ब ११ अर्ब रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको देखिन्छ । व्यवसाय विस्तारका नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि ग्लोबल र नबिललाई पछ्याइरहेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ३ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस्तै कुमारी बैंकले ३ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ३ खर्ब १ अर्ब बढी कर्जा प्रवाह गरेको छ । हालसम्म २० बाणिज्य बैंकहरुले ५९ खर्ब ९७ अर्ब निक्षेप संकलन गर्दा ४८ खर्ब २७ अर्ब कर्जा प्रवाह गरेको छ ।

कुन बैंकको निक्षेप कति ?

कुन बैंकको कर्जा प्रवाह कति ?