कृष्णभिरको ग्याबिन अड्याएर नयाँ खुलाइएको ट्रयाक खस्यो

२०८३ असोज ०९ गते

कृष्णभिरको ग्याबिन अड्याएर नयाँ खुलाइएको ट्रयाक खस्यो

काठमाडौं । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत विभिन्न सात स्थानमा पहिरो खसेको छ ।केहीबेरअघि कृष्णभिरमा यसअघि पहिरो गएर नयाँ खोलिएको ट्रयाकको ग्याबिन लगाएर अड्याइएको भाग पहिरिएर खसेपछि सडक पूर्ण रपमा अवरुद्ध भएको हो । यतिखेर सडक खुलाउन आवश्यक सामानका साथ सडक विभागका कर्मचार िपुगेपनि वषाएका कारण सडक खुलाउन सकिएको छैन ।  तिगराङ खोलामा सडक दुईतर्फी अवरुद्ध छ 

 

Advertisement:

Ad

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं डीएसपी प्रकाश दाहालका अनुसार पृथ्वी राजमार्गको कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको छ ।