२०८१ मंसिर ०२ गते
काठमाडौ । आज तनेबोडीको औषत मूल्य नै १६५ रुपैयाँ प्रतिकेजी रहेको छ । कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले तनेबोडी न्युनतम १६० रुपैयाँ देखि १७० रुपैयाँ प्रतिकेजीसम्म बिक्रि भइरहेको जनाएको छ । यस्तै टाटे सिमी औषत ८५ रुपैयाँ प्रतिकेजी, तिते करेला ९५ रुपैयाँ प्रतिकेजी, लौंका औषत ५५ रुपैयाँ र परवर औषत ७५ रुपैयाँ रहेको छ ।
यस्तै चिचिण्डो औषत ४५ रुपैयाँ, घिरौला औषत ७५ रुपैयाँ , फर्सी पाकेको औषत ३५ रुपैयाँ, फर्सी हरियो (लाम्चो) ४५ रुपैयाँ, हरियो फर्सी (डल्लो) ४५ रुपैयाँ प्रतिकेजी रहेको छ । यता भिण्डी १३० रुपैयाँ, बरेला ४५ , पिडालु ५५ रुपैयाँ, स्कूस २२.३३ रुपैयाँ, रायो साग ४५, पालुङ्गो साग ९५, र चमसुर साग ११० रुपैयाँ रहेको छ । यस्तै तोरीको साग ५५, मेथीको साग ११०, हरियो प्याज ९५, तरुल ९५, कन्ये च्याउ २२०, डल्ले च्याउ २४५, ब्रोकाउली १४० र भेडे खुर्सानी ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ ।
सानो लोकल गोलभेडा ७० रुपैयाँ , टनेलको सानो गोलभेडा ९६, रातो आलु ७७.३३ रुपैयाँ, सेतो आलु ६२.३३ रुपैयाँ, प्याज १२२.३३, गाजर १२५, बन्दा लोकल ६५, काउली स्थानीय ११०, काउली तराई ५५ रुपैया रहेको छ । सेतो मुला २७.६७ रुपैयाँ, लाम्चो भान्टा ४५ रुपैयाँ, डल्लो भान्टा ५५ रुपैयाँ, मटरकोशा ११० र घिउ सिमी ११० रुपैयाँ प्रतिकिलो रहेको छ ।



प्रतिक्रिया