शेयर बजारमा एकल अङ्कको वृद्धि, कारोबार रकम ६ अर्ब ५७ करोड

२०८१ माघ ०७ गते

शेयर बजारमा एकल अङ्कको वृद्धि, कारोबार रकम ६ अर्ब ५७ करोड

काठमाडौँ। साताको दोस्रो कारोबार दिन नेप्से एकल अङ्कले बढेको छ । आज नेप्से परिसूचक ६ .७८ अङ्कले बढेर २६०७.९९ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.२६ प्रतिशतले बढेको हो ।

यस दिन नेप्सेका आठ वटा उपसमूहका परिसूचक बढेका छन् भने बाँकि पाँच उपसमूहका परिसूचक घटेका छन् । यस दिन सर्वाधिक बढ्ने उपसमूहमा अन्य उपसमूह रह्यो जसको परिसूचक २.१३ प्रतिशतले बढेको छ। त्यसै गरी सर्वाधिक घट्ने उपसमूहमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक २.५३ प्रतिशतले घटेको छ।

Advertisement:

Ad
Ad

नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन छ अर्ब २५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ७४ हजार चार सय तीन पटकको कारोबारमा छ अर्ब ५७ करोड रुपैयाँ बराबरको किनबेच भएको छ । जसमा ११८ कम्पनीका शेयर बढेका छन् भने ११७ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी आठ कम्पनीका शेयर स्थिर रहेका छन् ।

सोमबार सर्वाधिक बढ्नेमा मानुषी लघुवित्त रह्यो जसको शेयर ९.०५ प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा विन नेपाल लघुवित्त र सुपर मादी हाइड्रोपावर रह्यो जसको शेयर दश प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा रिभर फल्स पावर रह्यो जसको २४ करोड एक लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा हिमालयन पावर पार्टनरको शेयर रह्यो जसको तीन लाख ७७ हजार कित्ता शेयर किनबेच भएको छ।