२०८१ माघ ०६ गते
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजार हल्ला जस्तो अर्थतन्त्र र बैंक दुवै आफ्नो कार्यकालमा डुब्न नदिने दाबी गरेका छन् । आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा यस्तो बताएका हुन् ।
'हामी अर्थतन्त्र पनि डुब्न दिँदैनौँ । बैंक पनि डुब्न दिँदैनौ' मन्त्री पौडेलले भने, 'बजारमा एकथरी मानिस भ्रम छरिरहेका छन् । त्यो सत्य हैन । अर्थतन्त्र सुधारउन्मुख छ', अर्थ मन्त्रालयले तथ्यमा चिट नगर्ने उनले बताए । 'हामीले जिम्मेवारी लिँदा सूचक नकारात्मक थिए । हाल हामीले सकारात्मक दिशामा फर्काएका छौँ, मन्त्री पौडेलले भने ।
मन्त्री पौडेलले बजेट क्यालेण्डरमा अध्यादेशमार्फत गरिएको परिमार्जनले बजेट कार्यान्वयनमा सघाउ पुग्ने बताए । उनले निर्माण व्यवसायीको कागजी प्रकृया पुगेको सबै बक्यौता भुक्तानी गरेको दाबी समेत गरे । 'निर्माण व्यवसायीको प्रकृया पुरा गरेर आएको सबै बिलको भुक्तानी भइसकेको छ,व्यवसायीहरुले आन्दोलन गर्छु भन्नुको कुनै तुक छैन',उनले भने ।
निर्माण व्यवसायी महासंघले केही दिन अघि मात्रै पत्रकार सम्मेलन गरेर सरकारले आफूहरुको बक्यौता भुक्तानी नदिए माघ १८ गतेदेखि आन्दोलनमा उत्रने चेतावनी दिएका थिए ।
प्रतिक्रिया