कामना सेवा विकास बैंकले गर्यो नगद लाभांश वितरण

२०८१ कात्तिक ०६ गते

कामना सेवा विकास बैंकले गर्यो नगद लाभांश वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले गत वर्षको मुनाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । बैंकले हाल कायम चुक्तापूँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँको आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले असोज ३० गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट पारित उक्त नगद लाभांश कात्तिक १ गतेदेखि सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको हो ।  बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृतपछि सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा हुनेछ । लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १५ गते बुक क्लोज गरेको थियो ।

Advertisement:

Ad
Ad

बुक क्लोजको आधारमा असोज १४ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् ।