अमेरिकी चुनावपछि अन्तर्राष्ट्रिय बजारमा घट्यो तेलको मूल्य, प्रतिब्यारेल ११३.४३ बाट एकैचोटी झर्‍यो ९३.५० डलरमा

२०८३ कात्तिक १९ गते

अमेरिकी चुनावपछि अन्तर्राष्ट्रिय बजारमा घट्यो तेलको मूल्य, प्रतिब्यारेल ११३.४३ बाट एकैचोटी झर्‍यो ९३.५० डलरमा

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ। विश्व बजारमा कारोबार हुने ब्रेन्ट क्रुड आयलको मूल्य घटेर प्रतिब्यारेल ९३.५० अमेरिकी डलरमा झरेको हो।

अघिल्लो साता प्रतिब्यारेल ११३.४३ अमेरिकी डलरमा कारोबार बन्द भएको ब्रेन्ट क्रुडको मूल्य पछिल्लो समय निरन्तर ओरालो लागेको छ। बुधबार मात्रै तेलको मूल्य ८.६७ प्रतिशतले घटेको थियो।

Advertisement:

Ad

अमेरिकी चुनावपछिको सकारात्मक बजार प्रतिक्रियासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्न थालेको देखिएको छ। यो गिरावटले निरन्तर बढ्दो पेट्रोलियम पदार्थको मूल्यबाट प्रभावित विश्व अर्थतन्त्रलाई केही राहत दिन सक्ने अपेक्षा गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा पेट्रोलियम पदार्थको आयातमा निर्भर नेपालजस्ता मुलुकलाई पनि राहत पुग्न सक्छ। यद्यपि, अन्तर्राष्ट्रिय बजारको मूल्य घटेको प्रभाव नेपाली बजारमा पर्न आयात मूल्य, विनिमय दर, कर तथा नेपाल आयल निगमको मूल्य समायोजन नीतिले निर्धारण गर्नेछ।