राष्ट्र बैंकले तोक्यो सुनको असर्फी र चाँदीको मेडालियनको नयाँ मूल्य, असर्फी प्रतिथान ६५ हजार ४०० रुपैयाँ

२०८३ कात्तिक १९ गते

राष्ट्र बैंकले तोक्यो सुनको असर्फी र चाँदीको मेडालियनको नयाँ मूल्य, असर्फी प्रतिथान ६५ हजार ४०० रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको मेडियनको नयाँ बिक्री मूल्य निर्धारण गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले बुधबार (२०८३ कात्तिक १९ गते) देखि लागू हुने गरी  सुनको असर्फी र चाँदीको मेडालियनको नयाँ मूल्य सार्वजनिक गरेको हो।

 

Advertisement:

Ad

महाशाखाले सार्वजनिक गरेको मूल्यसूचीअनुसार २.५ ग्राम तौलको सुनको असर्फी प्रतिथान ६५ हजार ४०० रुपैयाँ कायम गरिएको छ। त्यस्तै, १० ग्राम तौलको चाँदीको मेडियनको मूल्य प्रतिथान ३ हजार ८०० रुपैयाँ तोकिएको छ। राष्ट्र बैंकले टक्सार महाशाखामार्फत बिक्री वितरण गर्दै आएको सुनको असर्फी र चाँदीको मेडियन खरिद गर्न चाहने सर्वसाधारण तथा सरोकारवालाको जानकारीका लागि नयाँ मूल्य सार्वजनिक गरेको जनाएको छ। उक्त मूल्य कात्तिक १९ गतेका लागि लागू हुने महाशाखाले स्पष्ट पारेको छ।