२०८३ कात्तिक १९ गते
काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। एकैदिन सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढ्दा चाँदी २६५ रुपैयाँले महँगिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ३ हजार ९२० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया