एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२०८१ असोज ०७ गते

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज असोज ७ गते अन्तिम दिन हो । बैंकले साधारण सभा प्रयोजनार्थ ८ गते बुक क्लोज मिति तोकेको छ। त्यसैले आजसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउने तथा सभामा भाग लिन पाउनेछन् ।

बैंकले असोज २० गते अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ । बैंकले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगदसहित १५.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

Advertisement:

Ad
Ad