दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २८ जनाको मृत्यु

२०८१ पुस १४ गते

दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको योनहाप समाचार एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

विमान धावनमार्गबाट ​​चिप्लिएर मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएको दक्षिण कोरियाली समाचार एजेन्सीले जनाएको बीबीसीमा उल्लेख छ ।

Advertisement:

Ad
Ad

विमानमा १७५ यात्रु र ६ जना चालक दलका सदस्य रहेको जनाइएको छ । जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किएको थियो र अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ ।